काठमाडौं । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रामेछाप जिल्ला सहकारी संघले आयोजना गरेको अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरु प्रथम, द्धितिय र तेस्रो पुरस्कार जितेका छन् ।
संस्थाका शेयर सदस्य मनोज श्रेष्ठ प्रथम, विपुल रोका द्धितिय र प्रकास कार्की तेस्रो भएका हुन् । बिजेताहरुलाई संस्थाका अध्यक्ष श्याम थापाले बधाई दिएका छन् ।
Leave a comment