सहकारी दिवसमा आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा नवदुर्गा साकोस प्रथम

सहकारी दिवसमा आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा नवदुर्गा साकोस प्रथम :: Sahakari Akhabar

काभ्रे । ६६औं राष्ट्रिय सहकारी दिवसका सन्दर्भमा जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा पनौतीको नवदुर्गा साकोस प्रथम भएको छ ।

प्रतियोगिताका सामूदायिक साकोस, बुडोल सामूदायिक साकोस, एक्सप्रेस साकोस, संकल्प स्वेक साकोस, आय आर्जन साकोस, जागुत कुशादेवी साकोस, विन्दवासिनी साकोस, नवदुर्गा साकोस, आर्थिक विकास मित्र साकोस, लक्ष्मि महिला साकोस, आइडियल साकोस, ज्योती बहुउद्देश्यीय, बेथानचोक नारी चेतना साकोस, चण्डेस्वरी साकोस र आयोम गरी १७ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको थियो ।

समूह छनौट चरण अन्तर्गत १९ गते जिल्ला सहकारी संघको नयाँ भवनमा कार्यक्रम सुरु गरिएको थियो भने २० गतेका लागि ६ वटा समुह छनौट भएका थिए । ६ वटा समूहमा प्रथम हुन सफल भएको नवदुर्गा साकोस पनौती, द्धितीय हुन सफल आर्थिक विकास मित्र पाचखाल र तृतीय हुन सफल आयआर्जन साकोस पाँचखाल सहित सान्त्वनाको रुपमा विन्दवासिनी साकोस छनौट भएको थियो । छनौटमा रहेका सबै बिजेताहरुलाई प्रथम पुरस्कार ३० हजार, द्धितिय २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई  ५ हजार  नगद सहित प्रमाणपत्र प्रदान गरेको थियो । 
 



Leave a comment