विराटनगर । सहारा नेपाल साकोसले २८ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाएको छ । हरेक जिल्लाका सेवा केन्द्रहरुले बिभिन्न कार्यक्रम गरि दिवस मनाएका हुन् । विराटनगरको पुष्पलाल चोक सवा केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सहकारीका आमा समुहहरुको उपस्थिती रहेको छ ।
आमा समुहका सदस्यहरुले सहकारीले हिजो अप्ठेरो परेको समयमा रगत दिएर बचाएकोले अहिले आफुले रक्तदान गर्न पाउँदा खुसी लागेको बताए । आमा समुहकी अध्यक्ष भगवती श्रेष्ठले रगत चाहिँदा बिगतका दिनमा सहयोग गर्नु भएको थियो अहिले हामीले अरूलाई रगतको मागलाई पुरा गर्न पाउँदा खुसी लागेको बताईन् ।
कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष काजीबहादुर बस्नेतले केही सहकारीका कारण समग्र सहकारीलाई बद्नाम गराउन खोजिएको बताए । ‘अहिलेपनि केही सहकारी भागेको केही झोलामा छ, उनले भने, महानगरले त्यस्ता झोलाका सहकारीलाई महानगरले कार्वाही गरेको छ ।’
सहकारीको माध्यामबाट राम्रो काम गर्ने सहकारी मध्ये सहारा सहकारी संस्था पनि रहेकोले यसले राम्रो काम गर्नु पर्छ, जनताको दुख सुख जनताको अप्ठ्यारोमा सजिलो गर्ने काममा सहकारीले भुमिका खेल्नु पर्छ भन्ने उदाहरणीय काम गरेकोमा उनले प्रशंसा गरे ।
विराटनगर महानगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष सुरज न्यौपानेले सहकारी मार्फत असलल काम गर्न सबैलाई अभिप्ररित हुने गरि लाग्न आग्रह गरे । सहारा नेपाल सहकारीका अनुगमन अधिकृत ओम साहले सहारा मार्फत नागरिकको सेवामा धेरै कामहरु भएको बताए । केन्द्रीय कार्यालय विर्तामोडमा रहेर बिभिन्न जिल्लाहरुमा ८० वटा सेवा केन्द्र मार्फत सिर्जनशिल रुपमा बार्षिकउत्साव मनाईएको बताए ।
संस्थाको वित्तीय अबस्थामा शेयर पुँजी १ अर्ब ६४ करोड २३ लाख, जगेडा कोषमा १ अर्ब ११ करोड २१ लाख रहेको जनाईएको छ। त्यस्तै अन्य कोेषमा ४४ करोड ७१ लाख, बचत १० अर्ब ६६ करोड ७ लाख, लगानी रहित ऋण १२ अर्ब, भौतिक सम्पती ५१ करोड ७० लाख र बाश्य ऋण १ अर्ब ५ करोड रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। संस्थाको २०७९ माघ मसान्तसम्मको वासलात १५ अर्ब ५५ करोड पुगेको जानकारी दिईएको छ।
यो संस्थाले चालु आर्थिक बर्ष भित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासालात बनाउँदै ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेको संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
संस्थाले स्थापना दिवसमा महिला र पुरुष हाफ म्याराथन, खुला म्याराथन, रक्तदान, सरसफाई, सामाजिक सेवा, जेष्ठ नागरिक हेरचाह कार्यक्रमको शुभारम्भ समेत गरिएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।
Leave a comment