काठमाडौं । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सुनवर्षी बहेउद्देश्यीय सहकारी संस्थाले हिमालयन कलेज कोटेश्वर र टाईम्स इन्टरनेश्नल कलेज डिल्लीवजारका विद्यार्थीहरुसंग सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी लगायतले विद्यार्थीसंग सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई सहकारीताको अर्थ, मर्म, विचारधारा, मूल्य, मान्यता र सिद्घान्तको वारेमा संस्थाले प्रकाश पारेको थियो ।
सहकारी क्षेत्रमार्फत दिगो विकासका लक्ष्य हाँसिल गर्नसक्ने कुरा विद्यार्थीलाई जानकारी दिइएको संस्थाका अध्यक्ष गणेश घिमिरेले जानकारी दिए ।
Leave a comment