सहकारी दिवस : पाँच तारा साकोसद्धारा आयोजित रक्तदान कार्यक्रममा १ सय ३५ जनाले गरे रक्तदान

सहकारी दिवस : पाँच तारा साकोसद्धारा आयोजित रक्तदान कार्यक्रममा १ सय ३५ जनाले गरे रक्तदान :: Sahakari Akhabar

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६६औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १५ औं बार्षिकोत्सवको को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदनमा काठमाडौं बचत तथा ऋण सहकारी संघ(कास्कून) र ब्लोदान पुर्वी भेगीय क्षेत्रीय समिति कोटेश्वरको संयोजन गरेको थियो ।

रक्तदान कार्यक्रममा सहभागी भई पाँच पटक भन्दा बढी रक्तदान गर्ने ब्यक्तिहरुलाई चाँदीको सिक्का र दोसल्ला ओढाएर सम्मान गर्ने गरेको छ । संस्थाले सहकारी दिवसकै अवसर पारेर महिलाहरुको लागि स्वास्थ्य  शिविर समेत आयोजना गरेको थियो । शिविरबाट ५० जना महिलाले विशेष परिक्षण र ३० जनाले साधारण परिक्षण गराएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले १ सय ३५ जनाले रक्तदान गरेको बताए । संस्थाले विगत १४ वर्षदेखि सहकारी दिवसको अवसर पारेर निरन्तर रक्तदान गर्दै आएको छ । संस्थाले रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि  गर्न विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।

रक्तदान जस्तो पवित्र कार्यमा युवाहरुलाई समेत आकर्षित गर्न सकेको भन्दै अध्यक्ष पाठकले यस पटक ४० जना युवाले पहिलो पटक रक्तदान गरेकोमा खुशी ब्यक्त गरे । युवाहरुलाई रक्तदानमा जोड्न सके रगत अभाव न्युनिकरणमा ठूलो टेवा पुग्ने भन्दै उनले यसका लागि राज्यले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । संस्थाले रक्तदातहरुलाई अभिप्रेरित गर्ने उदेश्यले प्रमाण पत्र र टिसर्ट उपलब्ध गराएको थियो ।

कास्कूनका सचिव बीरेन्द्र भण्डारीले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर धेरै सहकारी संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेको जनाए । हरेक तीन–तीन महिनामा नयाँ रगत बन्ने र खेर जाने रगत दान गर्न सके अरुको जीवन बचाउन सकिने हुँदा सबै रक्तदान गर्नुपर्ने बताए ।

सहकारी क्षेत्रले रक्तदानको क्षेत्रमा राम्रो भुमिका खेलका र रगतको व्यस्थापनमा महत्वपुर्ण योगदान पु¥याएको उनको भनाई छ । ब्लोदानको संयोजनमा कास्कूनले विगतमा हप्तैपिछे रक्तदान गर्दै आएको भएपनि अहिले विविध कारणले निरन्तरता दिन नसकेको र निकट भविष्यमा नै प्रत्येक हप्ता सहकारीमार्फत् रगत संकलन गर्ने उनले बताए ।

कास्कूनले रक्तदान गर्न चाहने संंस्थाहरुलाई सहजिकरण गरिदिने भन्दै उनले सबै सहकारीलाई रक्तदान कार्यक्रम गर्न आग्रह गरे । सहकारीले समुदायका मानिसहरुलाई एकाकार गरेको भन्दै रक्तदान गर्न सजिलो हुने उनले बताए ।

पाँच तारा साकोसका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले मानवीय सेवा पुर्याउने उदेश्यले रक्तदान आयोजना गरिएको उल्लेख गरे । बिरामीको उपचारको लागि आवश्यक पर्ने रगत अभावलाई केही मात्रामा भएपनि पूर्ति गर्ने उद्देश्यले संस्थाले हरेक बर्ष सहकारी दिवसको अवसर पारेर रक्तदान गर्दै आएको उनले जानकारी दिए ।



Leave a comment