विराटनगर । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । लालिगुँरास बचत तथा ऋण सहकारी संस्था बेलवारीले २० गते अर्थात सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
त्यस्तै गरी सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै सौगात बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले पनि शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
त्यसैगरी शनिश्चरे बचत था ऋण सहकारी संस्था लि. पथरीशनिश्चरेले शनिबार सरसफाइ तथा स्वस्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको थियो । शनिवार नै दिवस मूलसमारोह समितिले कार्यक्रमस्थल विराटचोक क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको थियो ।
उर्लाबारीमा रहेको नारी सिर्जना कृषि सहकारी संस्था लि.ले पनि शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । विराटनगरको बुद्धोदय बहुउदेश्यीय सहकारी र सरल बचत तथा ऋण सहकारीले पनि शनिवार सयुक्त रुपमा रत्तक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि ) को वित्तीय एवं प्राविधिक सहयोग तथा ईश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई चैत्र १५ देखि १७ गते सम्मको तीन दिवसीय वित्तीय शिक्षा एवं व्यावसायिक ज्ञान तालिमको आयोजना गरेको थियो ।
अन्य बर्षहरुमा तुलनामा यो बर्ष सहकारीहरु सामाजिक काममा सक्रिय भएका छन् भने त्यो सँगसँगै सहकारी शिक्षालाई पनि प्राथमिकता दिएर काम गरिररहेका छन् । देशमा देखिएको आर्थिक संकट र त्यसले बैंक तथा वित्तिय क्षेत्रमा पारेको असर सहकारीमा पनि परिरहेको छ ।
सहकारीमा देखिएको तरलता अभाव र नियतबस् भागेका केही सहकारीका कारण नियसंगत चलेका सहकारीहरुलाई पनि पछिल्लो समयमा समस्या परिरहेको छ । सहकारीमा निक्षेप निकाल्न आउनेहरुको संख्या बढेपछि सहकारीहरु जोगाउने प्रयास गरिरहेका छन् । त्यसले गर्दा नी सहकारीहरुले बढी भन्दा बढी कार्यक्रमको आयोजना गरिरहेका छन् ।
Leave a comment