विराटनगर । मोरङको कानेपोखरी रमाईलोमा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । ६६ औं सहकारी दिवसको अवसरमा सहकारीले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
सहकारीले १५ गते रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ३७ प्रिन्ट रगत संकलन भएको थियो । त्यसैगरी सहकारीले सहकारीको विषय तथा संस्थाको बार्षिक प्रतिवेदनमा रहेर प्रश्न सोध्ने उदेश्यले सहकारीका शेयर सदस्यबीच हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो ।
चैत्र १६ अर्थात बिहिबार आयोजना गरेको कार्यक्रममा सहकारीको बारेमा बुझाउने र आफू मालिक रहेको संस्थाको बारेमा पनि जानकारी राख्नुपर्छ भन्ने जनचेतना दिनको लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको सहकारीका अध्यक्ष सन्तोष फुयालले जानकारी दिए ।
त्यस्तै सहकारीले शुक्रबार अर्थात १७ गते जेष्ठ सदस्यहरुलाई तीर्थाटन लगेको थियो भने १९ गते आईतबार कानेपोखरी गाउँपालिका वडा नं. २ दलेलीमा दलेली सेवा केन्द्र उद्घाटन गरेर सञ्चालनमा ल्याउने भएको छ । २० गते भव्यताका साथ सहकारी दिवस मनाउनको लागि मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उल्लेख्य सहभागि जनाउने सहकारीले जनाएको छ ।

Leave a comment