विराटनगर । मोरङको बेलबारीमा रहेको दिपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाले एक दिवसीय आँखा शिविरको आयोजना गरेको छ । ६६ औं राष्ट्रिय सहकारि दिवसको अवसर पारेर सहकारीले शुक्रबार आँखा शिविरको आयोजना गरेको सहकारीकी अध्यक्ष पार्वता बरालले जानकारी दिईन ।
नव दृष्ट्रि आखाँ अस्पताल प्रा लि ईटहरि सुनसरिको प्राविधिक सहयोगमा गरिएको गरिएको आँखा शिविरमा १९७ जनाको आखाँ जाँच गरिएको सहकारीकी व्यवस्थापक गोमा खुलाले जानकारी दिईन ।
महिलाले मात्र सञ्चालन गरेको उक्त सहकारी मोरङ उत्कृष्ट सहकारी भित्र पर्दछ । सहकारीले शेयर सदस्यको आर्थिक, सामाजिक, धार्मिक, स्वास्थ्य, शिक्षा, कृषि लगायतको क्षेत्रमा काम गरिरहेको छ । यही चैत्र २० गते ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नारा सहित देशभरी राष्ट्रिय सहकारी दिवस मनाईदैछ ।
Leave a comment