बागलुङ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शनिबार बिहान बागलुङ बजार सरसफाई गरिएको छ । बागलुङ नगरपालिका सहकारी शाखा र जिल्ला सहकारी संघको आयोजना तथा विषयगत सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक र विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको सहभागितामा बजार सरसफाई गरिएको हो । दुई समूहमा विभाजन गरेर सरसफाई गरिएको थियो ।
सरसफाईको शुभारम्भ बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए । समिट चोकदेखि, ट्राफिक चोक, टेलिकम चोक, अस्पताल रोड हुँदै धौलागिरी चोक र अर्को समूह समिट चोक हुँदै हल्लन चोक हुँदै जीप पार्क सम्म सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमका सहभागीहरुलाई बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले धन्यवाद दिएर समापन गरेका थिए ।
चैत १८ गते बजार सरसफाई सरसफाई गरेका सहकारी कर्मीहरुले चैत २० गते मुल समारोहको आयोजना गरेका छन् । जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाको संयुक्त आयोजना तथा विषयगत संघहरु, राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुको सहभागितामा हुने र्यालीपछि जोजोलोपा पार्टी प्यालेसमा मुख्य समारोह हुने जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि।सी।९अञ्जु०ले जानकारी दिइन् ।
सहकारी दिवसको मुख्य समारोह र र्यालीमा आ–आफ्नो संघ संस्थाको ब्यानर सहित बढी भन्दा बढी सहकारीकर्मीहरुको सहभागिताका लागि आव्हान गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माले बताए ।
Leave a comment