हाइलाइट

सहकारी र कुश्मा नगरपालिकाबीच अन्तक्रिया

सहकारी र कुश्मा नगरपालिकाबीच अन्तक्रिया :: Sahakari Akhabar

पर्वत । जिल्ला सहकारी संघ पर्वत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रवार कुश्मामा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकहरुका लागि सहकारी शिक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सहकारीले आफ्नो मुल कामभन्दा बाहिर लागेका कारण समस्या आएको बताए।

सहकारीले काम गर्नुपर्ने सदस्यको मन जितेर हो, सदस्यको हितमा काम गर्नुपर्ने सहकारीहरु सञ्चालकको हितमा लागेका कारण समस्या देखिएको भन्दै उनले सहकारीमा देखिएका समस्या समाधान गर्न सबै एकतावद्ध भएर लाग्नु पर्ने बताए ।

व्यवहारमा सदस्यहरुलाई सहकारीहरुले केवल पैसा जम्मा गर्ने साधनका रुपमा मात्र लिने गरेको गुनासो गरे । ग्रामिण क्षेत्रमा सहकारी राम्रा छन्, बजार क्षेत्रमा समस्या देखिएको छ, सबै मिलेर समस्या समाधान गरौ, नगर प्रमुख जोशीले भने ।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सहकारीलाई निरन्तर सञ्चालन गर्न, सदस्यहरुसंग बढी भन्दा बढी अन्तरक्रिया गर्न, सदस्यहरुलाई संस्थाको वास्तविक अवस्था अवगत गराउन आग्रह गरे ।

उनले सहकारी संस्थालाई सञ्चालन गर्दा सुरक्षाको समस्या भए सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए । कार्यक्रम जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



Leave a comment