रक्तदान र सरसफाई गरेर सहकारी दिवस मनाउन दोलखा संघको अपिल

रक्तदान र सरसफाई गरेर सहकारी दिवस मनाउन दोलखा संघको अपिल :: Sahakari Akhabar

चरिकोट । जिल्ला सहकारी संघ दोलखाले रक्तदान र सरसफाई जस्ता कार्य गरेर सहकारी दिवस मनाउन जिल्लाका सहकारी संघ संस्थालाई अपिल गरेको छ । संघले सूचना जारी गरी चैत्र २० गते आफ्ना संघ संस्था सरसफाई, दिप प्रज्वलन तथ रक्तदान गरी दिवस मनाउन आग्रह गरेको छ ।

त्यसैगरी उक्त दिन सहकारी संघ संस्थाहरुले सम्मान पुरस्कार जस्ता कार्यहरुको घोषणा लगायत नयाँ बस्तु तथा सेवाहरुको सुरुवात गर्नुपर्ने भएमा पनि यसै दिनमा गर्न भनेको छ । संघले स्थानीय एफएमबाट सहकारी दिवसको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

त्यसैगरी चैत्र २० गते सदरमुकाम चरिकोटमा बिहान ७ देखि र्याली निकालेर सहर परिक्रमा पछि सातदोवाटोमा कोणसभा गर्ने जनाएको छ । र्यालीमा आआफ्नो सहकारी संघ संस्थाको ब्यानर सहित उपस्थित हुन संघले आग्रह गरेको छ ।



Leave a comment