जनउत्थान बचतको वित्तीय साक्षरता कार्यक्रमलाई ४८ लाख 

जनउत्थान बचतको वित्तीय साक्षरता कार्यक्रमलाई ४८ लाख  :: Sahakari Akhabar

रुपन्देही । सहकारी दिवसको अवसरमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न संस्थाले ४८ लाख रुपैया विनियोजन गरेको छ । यस्ता कार्यक्रमले संस्थाप्रति सदस्यहरु जवाफदेही बन्ने, अपनत्व बढ्ने र सदस्यले निरन्तर कारोवार गर्ने संस्थाकी अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिइन ।

संस्थाले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर दशवटै सेवाकेन्द्र मार्फत वित्तीय साक्षरता कायक्रम सञ्चालन गरेको हो । विद्यार्थीलाई सम्बन्धित कलेज र विद्यालयमा नै गएर वित्तीय साक्षरता दिँदै आएको अध्यक्ष पौडेलले बताइन् । संस्थाका सदस्यहरुलाई भने विस्तारित मञ्चमार्फत नियमित रुपमा बर्षभरी नै वित्तीय साक्षरता कार्यक्रम गर्ने गरेको उनको भनाइ छ ।

विधार्थीलाई सानै उमेरदेखि वित्तीय साक्षरता दिँदा उनीहरुमा वित्तीय ज्ञान बढ्न गई फजुल खर्च घटाउनमा सहयोग पुग्ने र वित्तीय अनुशासनमा रहेर भविष्यको लागि बचत गर्ने बानीको विकास हुने अध्यक्ष पौडेलको भनाई छ । त्यसैगरी विधार्थीमा सहकारीप्रति आकर्षण बढाउनु, संस्थाले दिने सेवाका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष पौड्यालले बताइन् ।

संस्थामा आवद्ध ४० हजार सदस्य मध्ये ८ हजार बाल बचतकर्ता रहेका छन् । उनीहरुबाट मात्रै संस्थामा २८ करोड बचत संकलन भएको छ । सानैदेखि बचत गर्दा भविष्यको लागि ठुलो पुँजी निमार्ण हुने र उनीहरुको शिक्षामा सहयोग पुग्ने भएकाले सबै विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्न उनको आग्रह छ ।

त्यसैगरी सदस्यहरुलाई संस्थाको समग्र कारोबारका साथै संस्थाले दिने सेवा तथा सुविधाको वारेमा जाकारी दिने उदेश्यले संस्थाले बर्ष भरी सेवा केन्द्रमार्फत यस्तो कार्यक्रम सञ्चालन गर्ने गरेको छ । संस्थाको २४ करोड ९ लाख जगेडा कोष, ३० करोड ४० लाख शेयर पुँजी, ५ करोड १ लाख कर्जा जोखिम कोष, २ अर्ब ४८ करोड ५१ लाख कुल बचत तथा २ अर्ब ५० करो ५८ लाख ऋण लगानी रहेको  छ ।

संस्थामा २४।२६ प्रतिशत अर्थात ६० करोड २९ लाख रकम तरलता रहेको छ । संस्थाबाट १० हजार ११७ जना सदस्यले ऋण लिएका छन् । संस्थाको कुल सम्पत्ति ३ अर्ब २२ करो ७६ लाख पुगेको जनाइएको छ ।



Leave a comment