ललितपुर । लगनखेलमा मुख्य कार्यलय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई तीर्थ लगेको छ । संस्थाले रजत जयन्ती वर्ष तथा वार्षिक कार्यक्रम अन्तर्गत पहिलो चरणमा ज्येष्ठ सदस्यलाइ लुम्बिनी, त्रिवेणी धाम, शाश्वत धाम, सौरहा र देवघाट धामको यात्रा गराएको हो । संस्थाको युवा उपसमितिका संयोजक कमलप्रसाद तिमल्सिनाको संयोजकत्वमा संस्थाका ६५ वर्ष माथिका ९७ जना सदस्यहरु तीर्थ भ्रमण गराएको हो ।
संस्थाले हरेक वर्ष जेष्ठ सदस्यलाई तीर्थ भ्रमण गराउँदै आएको छ । नियमित बचत गर्ने, असल कारोबार गर्ने र लामो समयदेखि सदस्य रहेका जेष्ठ सदस्यलाई तीर्थमा सहभागी हुन पाउने ब्यवस्था संस्थाले गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । रजत जयन्तीको अवसरमा संस्थाले यस वर्ष सदस्य केन्द्रीत २५ वटा कार्यक्रम गर्ने घोषणा गरेको थियो । जेष्ठ सदस्य तीर्थाटन ५ औं कार्यक्रम हो ।
Leave a comment