काठमाडौं । झापा जिल्ला सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस उत्प्रेरणात्मक कार्यक्रम गरि मनाउने भएको छ । संघले सहकारीकर्मीमा देखिएको निरासापनलाई हटाउन उत्प्रेरणात्मक कार्यक्रम गर्न लागेको हो। संघले चैत्र २० गते अन्तर्राष्ट्रिय लाइफ कोच राजाबाबु साहाबाट उक्त कार्यक्रमको सहजीकरण गर्ने जनाएको छ ।
सिटि सेन्टर बिर्तामोडमा रहेको साई प्यालेसमा सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागीतमा कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा एउटा संस्थाबाट अधिकतम् १० जना सहभागी हुनसक्ने संघले जनाएको छ। यसैगरी संघ संस्थाबाट सहभागी हुनेहरुले प्रति ब्यक्ती ५ सय रुपैयाँ जिल्ला संघलाई बुझाउनुपर्ने जनाइएको छ ।
Leave a comment