चन्द्रागिरिमा नगरपालिका र समन्वय समितिले संयुक्तरुपमा सहकारी दिवस मनाउने

चन्द्रागिरिमा नगरपालिका र समन्वय समितिले संयुक्तरुपमा सहकारी दिवस मनाउने :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि सहकारी समन्वय समितिले संयुक्तरुपमा सहकारी दिवस मनाउने भएको छ । चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजना र चन्द्रागिरि नगरपालिको सहकार्यमा चन्द्रागिरि नगरभित्र सञ्चालित सहकारी संस्थाहरुले ६६ औं राष्ट्रिय सहकारी दिवस स्थानीय रुपमा मनाउने भएका हुन् ।

चन्द्रागिरि नगर सहकारी समन्वय समितिद्वारा गठित ६५ सदस्यीय पूर्ण कमिटी र ९ सदस्यीय सचिवालयले  दिवस आयोजना र व्यवस्थाप गर्ने भएको छ । दिवसमा काठमाडौं जिल्ला सहकारी संघ चन्द्रागिरि उप समिति, चन्द्रागिरि बहुउद्धेश्यीय सहकारी समन्वय समिति र कोअपरेटिभ म्यानेजर्स क्लब काठमाडौंको सहभागीत रहेने जनाइएको छ ।

उक्त दिन चन्द्रागिरि नगरपालिकाको भवनबाट बाजागाजा र झाँकी सहित सहभागी सबै सहकारी संस्थालहरुले र्याली निकाल्ने र सतुंगलको लाक्षीमा गई शुभकामना सभामा परिणत गरिने कार्यक्रम तय भएको जनाइएको छ ।

र्यालीमा सहभागीहरुले सहकारी संस्थाहरुको असल अभ्यास, सहकारीको योगदान र प्रतिवद्धता नारा र प्लेकार्डहरु मार्फत प्रदर्शन गर्ने, सहकारी क्षेत्रले समाजवाद उन्मुख राज्यव्यवस्था निर्माण र सदस्य तथा समुदायको हितको लागि खेलेको भुमिकालाई अवमूल्यन नगर्न राज्य र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने समेत कार्यक्रम रहेको छ ।

सहकारीमा देखिएका समस्याहरु समाधानको लागि सहकारी संस्था, अभियान, राज्यले गर्नुपर्ने कार्यमा छलफल र बहस गर्नुको साथै समुदायमा सहकारी प्रतिको विश्वासलाई जागृत गराउने अठोट समेत गरिएको छ ।

सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नारामा आधारित रही अन्य विविध नाराहरु सहितको प्लेकार्डहरु सहित चन्द्रागिरि नपा भित्रका सहकारी संस्थाहरुले र्याली गर्ने साथै प्रत्येक वडामा सहकारी सचेतना अभिबृद्धिका लागि सहकारी घरदैलो कार्यक्रम समेत आयोजना गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनएको छ ।



Leave a comment