पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा युवा सदस्यको संख्या ३ हजार ८ सय नाघेको छ । संस्थामा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्य ३ हजार ८ सय ३ जना पुगेको छ । स.स्थाको कूल सदस्य संख्याको ४३ प्रतिशत युवा सदस्य रहेका छन् । संस्थामा ८ हजार ७ सय ९४ जना सदस्यहरु रहेका छन् ।
युवा सदस्यमा २ हजार ७ सय ९४ जना महिला तथा १ हजार ९ जना पुरुष सदस्य रहेको संस्थाले जनाएको छ । संस्थाको पछिल्लो तथ्यांक बमोजिम १८ देखि २५ वर्षसम्मका जम्मा सदस्यहरु ६०५ जना र २५ देखि ४० वर्ष सम्मका युवा सदस्यहरुको संख्या ३ हजार १ सय ९८ रहेका छन् ।
सहकारी आवद्ध सदस्यहरु मध्ये युवाहरु केहि न केहि पेशा वा व्यवसायमा आवद्ध रहेका, विश्वविद्यालयका पढाई सकेका र युवाहरु मध्ये विवाहित सदस्यहरुको बाहुल्यता रहेको तथ्यांक छ । संस्थामा कूल युवा सदस्यहरु मध्ये २ हजार ३ सय २४ जना अर्थात ६१ प्रतिशत सदस्यहरु विवाहित रहेका छन् ।
ग्लोवल मनी विक २०२३ को साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले गत चैत्र ६ देखि १२ गतेसम्म युवा लक्षित विविध गतिविधीहरु सञ्चालन गरेको थियो । सप्ताहको अन्तिम दिन संस्थाले उक्त तथ्यांक सार्वजनक गरेको हो।
साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले १८८ युवा सदस्यहरुलाई सम्मान तथा स्वागत, दुई वटा विद्यालयका ४२ जना विधार्थीहरुसंग कफि गफ र सहकारीको अवलोकन, बाल बचतकर्तालाई खुत्रुके बक्स वितरण गरेको थियो । त्यसैगरी वित्तीय साक्षरता सम्वन्धमा दैनिक रुपमा चेतनामूलक सामग्री प्रकाशन, “सुन्दर भविष्यको लागि बचत” शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतियोगितामा ३३ जना कर्मचारीहरुले भाग लिएका थिए । सहभागि मध्ये उत्कृष्ठ ३ जना कर्मचारीलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गर्ने र उत्कृष्ठ निवन्धलाई अनलाईन मार्फत प्रकासन गरिने संस्थाले जनाएको छ ।
त्यसरी नै युवा सदस्यहरुलाई सहकारीको विषयमा थप ज्ञान तथा शीप सिकाउने उद्धेश्यले नयाँ वर्ष २०८० को वैशाख पहिलो हप्तामा १०० यूथ, सहकारी दूत गोष्ठी सम्पन्न गर्ने निणर्य समेत गरेको छ । गोष्ठीले युवालाई सहकारीमा आकर्षण गराउने, व्यवसाय गर्न चाहने युवा सदस्यहरुलाई आवश्यक शीप र पूँजीको लागि व्यवस्थापन गर्ने र युवा अवस्थादेखि नै असल सहकारीकर्मी बनाउनेगरि गोष्ठीको योजना बनाईएको जनाइएको छ ।
Leave a comment