पोखरा । जिल्ला सहकारी संघ कास्कीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन ७०१ सदस्यीय मूल समोरह समिति गठन गरेको छ । संघले जिल्ला सहकारी संघको अध्यक्षको संयोजकत्वमा प्रदेश सहकारी रजिष्ट्रार, स्थानीय तह, विषयगत संघहरु, पोखरा महानगर सहकारी संघ, सहकारी बैंक, नेफ्स्कून, सिएमसि कस्की, कोप्स र प्रारम्भिक सहकारी संस्थाको प्रतिनिधित्व रहेको समिति गठन गरेको हो ।
समितिले चैत्र १८ गतेदेखि २० गतेसम्म तीन दिन तीन वटा कार्यक्रम गरी सहकारी दिवस मनाउने निणर्य गरेको छ । समितिले चैत्र १८ गते जिल्ला सहकारी संघको प्राङ्गणमा विहान ७ बजेदेखि रक्तदान कार्यक्रम गर्ने, चैत्र १९ गते आआफ्नो सहकारी स्थाल, मठ मन्दिर तथा सार्वजनिक स्थाल सरसफाई गर्ने र चैत्र २० गते पोखरा सभागृहमा सहकारीको थिम सहकारीको दिगो पन, स्वनियम र सुशासनमाथि अन्तक्र्रिया गर्ने सूचनामा जनाइएको छ ।
Leave a comment