भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन प्रभातफेरीमा सहभागी हुनेले प्लेकार्डमा लेख्ने नारा तय गरेको छ । संघले जिल्लाका विषयगत संघहरुको समन्वयमा दुई दिन सहकारी दिवस कार्यक्रम गर्ने भएको हो ।
चैत्र २० गते जिल्ला बचत संघको संयोजनमा विभिन्न स्थानबाट र्याली निकाली प्रभातफेरी कार्यक्रम सम्पन्न गर्ने भएको हो । उक्त प्रभातफेरीमा सहकारी संस्थाहरुले नारा सहितको प्लेकार्ड बोक्नु पर्ने छ । संघले दिवस मनाउन १७ वटा नारा तय गरेको छ ।
जसमा सहकारी दिवस सफल पारौंदेखि सहकारीको कर्जा सूचना केन्द्र स्थापना गर, सहकारीमा कर छुटको बन्दोबस्त गर, तीन खम्बे अर्थनीति अनिवार्य गरौं लगायत छन् । संघले प्रभातफेरीमा सहभागी हुने सहकारीलाई विभिन्न विधाका आधारमा नम्बर दिएर उत्कृष्ठलाई पुरस्कार दिने जनाएको छ ।
संघले सूचना प्रकाशन गरी सवै संघ संस्थालाई आफ्नो रुट अनुसार विहान ७ बजे र्र्यालीमा सहभागी हुन अनुरोध गरेको छ । चैत्र २० गते बिहान नौ बजे कार्यक्रम समापन गरिने जनाएको छ ।

Leave a comment