भक्तपुरले प्रभातफेरी र गोष्ठी गरी दुईदिन सहकारी दिवस मनाउने

भक्तपुरले प्रभातफेरी र गोष्ठी गरी दुईदिन सहकारी दिवस मनाउने :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला सहकारी संघले ६६ औं राष्ट्रिय सहकारी दिवस प्रभातफेरी र गोष्ठी गरी दुईदिन मनाउने भएको छ । संघले जिल्लाका विषयगत संघहरुको समन्वयमा दुई दिन सहकारी दिवस कार्यक्रम गर्ने भएको हो ।

चैत्र २० गते जिल्ला बचत संघको संयोजनमा विभिन्न स्थानबाट र्याली निकाली प्रभातफेरी कार्यक्रम सम्पन्न गर्ने जनाएको छ । संघले सूचना प्रकाशन गरी सवै संघ संस्थालाई आफ्नो रुट अनुसार विहान ७ बजे र्र्यालीमा सहभागी हुन अनुरोध गरेको छ ।

चैत्र २० गते बिहान नौ बजे कार्यक्रम समापन गरिने जनाएको छ । त्यसैगरी जिल्ला सहकारी संघको आयोजनामा चैत्र २१ गते दिउँसो १ बजे शंखधर पार्टी प्यालेसमा गोष्ठी तथा अन्तर्कृया कार्यक्रम गरिने संघका ब्यवस्थापक मेघनाथ घिमिरेले जनाएका छन् ।



Leave a comment