हाइलाइट

सहकारी दिवस मनाउन जिल्ला संघ सुनसरीले संस्थासंग पाँचसय उठाउने

सहकारी दिवस मनाउन जिल्ला संघ सुनसरीले संस्थासंग पाँचसय उठाउने :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ सुनसरीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन प्रारम्भिक संस्थाहरुसंग शुल्क लिने भएको छ । संघले आज १३ गते सूचना जारी गरी सहकारी दिवस भब्यरुपमा मनाउन सहकारी संस्थाहरुले कम्तीमा पाँचसय रुपैयाँ बुझाउन पत्रचार गरेको छ ।

संघले विषयगत संघहरु मार्फत प्रत्येक संस्थाले कम्तीमा पाँचसय वा सकभर बढी सहयोग गर्न सूचना जारी गरेको हो । संघका सचिव रामानन्द मेहताले जारी गरेको सूचनामा सहकारीको दिगोपन, स्वनियमन र सुशासन भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघले आयोजना गर्ने कार्यक्रम भब्य बनाउने निणर्य भएको हुँदा संस्थाहरुले उक्त शुल्क संघहरु मार्फत बुझाउन भनेको छ ।

संघले इटहरी स्थित लायन्स पार्टी प्यालेसमा चैत्र २० गते सहकारी दिवस कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रममा संस्थाहरुलाई ब्यानर र झाँकी सहित सहभागीहुन अनुरोध गरेको छ । साथै संघले दिवसको अवसरमा प्रकाशन गर्न लागेको संघको मुखपत्र सहकारी जागरण पत्रिकाकालागि लेख रचना पठाउन जिल्लाका सहकारी संघ संस्थालाई अनुरोध गरेको छ ।

 



Leave a comment