बिराटनगर । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरको जागरुक बचत तथा ऋण सहकारी संस्थाले खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले शनिबार बाल बचतकर्ताहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरेको थियो । ६० जना बाल बचतकर्ता सहभागि रहेको कार्यक्रममा वेलुनफोर, चम्चा दौड र म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो ।
वेलुनफोर प्रतियोगितामा साधना तामाङ प्रथम, तृष्णा राई द्धितिय र प्रविक गुरुङ तृतिय भएका थिए भने चम्चा दौडमा आर्यान चौधरी प्रथम, समि तामाङ द्धितिय र अनमोल लामाङ तृतिय भएका थिए । त्यसैगरी म्युजिकल चेयरमा विवेक कामत प्रथम, आन्नद कुमार साह द्धितिय र कृष्णा कुमारी साह तृतिय भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने तथा सहभागि सबैलाई सहकारीले स्टेशनरी सामाग्री सहित सम्मान गरेको थियो ।
सहकारीकी अध्यक्ष सुनाहाङ सुब्बा लिम्बूको अध्यक्षतामा भएको सम्मान तथा खेलकुद प्रतियोगितामा जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालले सहकारीहरुले समुदायमा आधारित भएर आफ्ना शेयर सदस्यहरुका लागि ध्यान दिएर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । सदस्य लक्षित कायृक्रम गर्दा सहकारीका शेयर सदस्य तथा उनीहरुका परिवारले पनि सहकारी बुझ्ने अवसर पाउने उनको भनाई छ ।
त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङकी उपाध्यक्ष सिता लामिछानेले सहकारी एउटा परिवार भएकाले परिवारलाई ध्यान दिएर सहकारी चलाउन सके कुनै समस्या नआउने बताईन । खेलकुद प्रतियोगिताले बालबालिकाहरुले पनि यो आफ्नो रहेछ भनेर अपनत्व फिल गर्ने र उनीहरुको अतिरिक्त क्रियाकलापमा सहभागि हुने चाहना बढ्ने भएकाले सहकारीले यस्तो कार्यक्रम गर्नु राम्रो भएको उनको भनाई छ।
वडा नं. १५ का वडा अध्यक्ष प्रकास साहले आफ्नो वडामा रहेका सहकारीले सामाजिक कार्यहरु गरिरहेको बताए । बैंकमा पहुँच नहुनेहरुका लागि सहकारी कोशेढुंगा सावित भएको उनको भनाई छ । जागरुक सहकारीका सचिव उमेश गुरुङले सहकारीले सामाजिक उतरदायित्वको रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा समिति, बालबचतकर्ताहरु, उनीहरुका अबिभावक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।





Leave a comment