झापा । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले साताब्यापी कार्यक्रम गरी १४औं स्थापना दिवस मनाएको छ । संस्थाले शिबसताक्षी नगरपालिकाको झिलझिले सेवा केन्द्र, मोरङको उर्लाबारीस्थित सेवा केन्द्र, कनकाई नगरपालिकाको सुरुङ्गा सेवा केन्द्र र गौरादह सेवा केन्द्रहरुमा स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाका शेयर सदस्यहरुबीच अन्तरक्रियात्मक कार्यक्रम गरिनुका साथै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको संस्थाका मुख्य व्यवस्थापक कमल घिमिरेले जानकारी दिए ।
संस्थाको मुख्य कार्यालय दमकस्थित स्वर्णलक्ष्मी कम्पलेक्समा शनिबार स्थापना दिवसको समापन गरेको हो । स्थापाना दिवसको समापनको अवसरमा वृहत खुल्ला रक्तदान कार्यक्रम गरेका थियो । रक्तदानमा ४३ प्रिन्ट रगत संकलन भएको संस्थाका प्रमुख व्यवस्थापक घिमिरेले जानकारी दिए ।
यसै अवसरमा संस्थामा आर्थिक बर्ष २०७८ / ०७९ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, बाल बचतकर्ता, विभिन्न बचत सदस्यहरुलाई सम्मान र पुरुस्कार वितरण गरेको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाले दमकस्थित हाम्रो बाल आश्रमका १७ जना बालबालिकालाई झोला र खाद्यान्य सामाग्रीहरु वितरण, दमक–९ बहुमुखी टोल विकास संस्थालाई २५ थान फूल रोप्ने गमला वितरण गरेको छ ।
दमकमै सुन्दर र सफल टोल विकास संस्थाको रुपमा कार्यक्रमका साथ अघि बढिरहेको भन्र्दैं संस्थाले स्थापना दिवसमाटोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण पोख्रेललाई गमला हस्तान्त्रण गरिएको जनाइएको छ ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसञ्चार विभागलाईं दुई थान ब्लड डोनेशन बेड रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाललाई हस्तान्त्रण गरिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षता तथा नेफस्कूनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Leave a comment