सहारा नेपाल साकोसबाट सदस्यको परिवारलाई एकलाख राहत

सहारा नेपाल साकोसबाट सदस्यको परिवारलाई एकलाख राहत :: Sahakari Akhabar

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहतबापत एक लाख रुपैयाँ प्रदान गरेको छ । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गंगाकुमारी खबासलाई राहत वापत एक लाख रुपैयाँ प्रदान गरेको हो ।

संस्थाले सदस्य वा सदस्यको श्रीमान–श्रीमतीको मृत्यु भएमा निजले लिएको कर्जा मिनाहा हुने व्यवस्था अनुसार गंगाकुमारीका श्रीमानको मृत्यु पछि उनलाई संस्थाले राहत प्रदान गरेको हो । संस्थाको केर्खा सेवा केन्द्रबाट बुधबार खबास निवासमा गएर एक लाख रुपैया प्रदान गरेको हो ।

सेवा केन्द्र प्रमुख विकास गिरी र सेवा केन्द्र सहयोग उपसमितिका सदस्य उर्मिला रिजालले उक्त रकम खबासलाई प्रदान गरेका  थिए । गाका श्रीमानको फोक्सो तथा पेट सम्बन्धी रोगका कारण करिब दुई महिना अगाडि मृत्यु भएको थियोे ।
 



Leave a comment