नवजागरण सहकारीको निक्षेप र लगानीमा वृद्धि

नवजागरण सहकारीको निक्षेप र लगानीमा वृद्धि :: Sahakari Akhabar

रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले फागुन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको गत महिनाको बचतमा बृद्धि भएको विवरण सार्वजनीक गरेको छ ।

संस्थाले प्रकाशन गरेको फागुन मसान्तसम्मको वित्तीय विवरण अनुसार बचतमा वृद्धि भएको जनाइएको छ । संस्थामा फागुनमसान्तमा कुल बचत ४५ करोड, ८३ लाख ५९ हजार रहेको छ भने माघ मसान्तसम्म ४५ करोड ४२ लाख १६ हजार १०४ रुपैयाँ रहेको थियो ।

त्यसैगरी फागुनमसान्तमा ऋण लगानी ३९ करोड ९९ लाख ४२ हजार रहेको छ भने माघ मसान्तमा ३९ करोड ८९ लाख २ हजार ९०४ रुपैयाँ लगानी गरेको थियो ।  संस्थाले सार्वजनिक गरेको विवरण अनुसार फागुन मसान्तसम्म शेयर पुँजी ४ करोड ३८ लाख ७१ हजार, जगेडा कोष ६ करोड ९४ हजार र अन्य कोषहरु ६६ लाख ७६ हजार रहेको छ ।

संस्थाको कुल संस्थागत पुँजी ६ करोड २१ लाख ४४ हजार रहेको छ । त्यसैगरी तरतला रकम ६ करोड ६९ लाख ८० हजार रहेको छ । संस्थामा ८ हजार ६१२ सदस्य रहेका छन् भने ७९८ जना सदस्यले ऋण लिएका छन। त्यस अवधिमा संस्थाको कुल सम्पत्ति ६० करोड ८७ लाख ११ हजार रहेको छ ।



Leave a comment