रुपन्देही । जनउथान बचत तथा ऋण सहकारी संस्थाले सदस्यको विमा बापत १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । सदस्य रामबहादुर गुप्ताको दुर्घटनामा परि निधन भएकोले सदस्यको परिवारलाई संस्थाले उक्त रकम हस्तान्तरण गरेको हो ।
सदस्य रामबहादुर गुप्ताले संस्थामा सदस्य बनेर बीमा बचत गर्ने गरेका थिए । उनको एभरेष्ट इन्सुरेन्स र सिटिजन लाईफ इन्सुरेन्स मार्फत संस्थाले विमा गराएको थियो । एभरेष्ट कम्पनीबाट ५ लाखको दुर्घटना बीमा तथा सटिजन लाईफ इन्सुरेन्सको ऋण विमा अन्तर्गत १० लाख गरी जम्मा १५ लाख रुपैया परिवारलाई दिइएको छ ।
सदस्य गुप्ताको विवाह भएको ८ वर्षमै दुर्घटनामा परि निधन भएको थियो । उनको परिवारमा पत्नी र ३ वर्षको छोरा छन् । संस्थाले एक कार्यक्रम गरी उनको पविारलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । संस्थाले ‘म मरे पनि मेरो ऋणको भार परिवारलाई नपरोस्’ भन्ने उद्देश्यले सदस्यलाई विमा बचत योजनामा सहभागी गराउँदै आएको संस्थाका ब्यवस्थापक रणबहादुर थापाले बताए ।
Leave a comment