पेखरा । ‘ग्लोबल मनी विक २०२३ को अवसरमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘सात दिन, सात कार्यक्रम’ गर्ने जनाएको छ । संस्थाले चैत्र ६ गतेदेिख १२ सम्म ‘सात दिन, सात कार्यक्रम’ गर्ने जनाएको छ ।
जसअन्तर्गत ६ गते १२ गतेसम्म संस्थामा आउने युवा सदस्यलाई स्वागत तथा सम्मान, वित्तीय साक्षरण सम्बन्धी चेतनामूलक सामग्री पोष्ट गर्ने जनाएको छ । त्यसैगरी बाल बचतकर्तालाई सेभिङ बक्स वितरण गर्ने, युवा सदस्यता वितरण, प्रवेश शुल्क छुट रहेको छ ।
त्यस्तै चैत्र ९ र १० गते युवा तथा विद्यार्थीहरुलाई सहकारी भ्रमण र कफी गफको कार्यक्रम संस्थाले तय गरेको छ । चैत्र ११ गते ‘सुन्दर भविष्यको लागि बचत’ शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता र चैत्र १२ गते १ सय युथ, सहकारी दुत कार्यक्रम र युवा तथ्यांक सार्वजनिक कार्यक्रम तय गरेको संस्थाका मुख्य प्रबन्धक तथा सूचना अधिकारी मिलन ढकालले जनाए ।
युवामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले हरेक वर्ष विश्वभर ग्लोबल मनी विक–२०२३ मनाइँदै आइएको छ । सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ । यस वर्ष चैत ६ देखि १२ गतेसम्म नेपालमा मनाइने भएको हो ।
Leave a comment