काभ्रे । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले सहकारी दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संघको आयोजना र कोअपरेटिभ म्यानेजर क्लब काभ्रेको व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो ।
जिल्लामा सञ्चालित सहकारी संघ संस्थामा कार्यरत कर्मचारीहरु हाजिरी जवाफ प्रतियोगिता सहभागी हुन सक्ने संघका अध्यक्ष दिलिप शर्माले बताए । उनले इच्छुक सहकारी संघ संस्थाहरुलाई सहभागिताको लागि टिमको नाम दर्ता गर्न आग्रह गरे । चैत्र २० गते संघको मुख्य कार्यालयमा प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा भाग लिन दर्ता शुल्क ३ सय लाग्ने छ भने प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना पुरस्कार ५ हजार व्यवस्था गरिएको संघले जनाएको छ ।
आगामी चैत्र १७ गते भित्र टिम दर्ता गर्न संघले भनेको छ । सहभागि टिमको संख्या धेरै हुने भएकाले चैत्र १९ गते प्रारम्भिक चरणको छनोट गर्ने र २० गते उत्कृष्ट ६ टिमलाई प्रतियोगितामा सहभागि गराइने संघले जानकारी गराएको छ ।
Leave a comment