किसान साकोसको २६ वटै सेवाकेन्द्रमा सदस्य शिक्षा

किसान साकोसको २६ वटै सेवाकेन्द्रमा सदस्य शिक्षा :: Sahakari Akhabar

गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाले २६ वटै सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विस्तारित भेला मार्फत सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको हो।

संस्थाको शिक्षा उपसमितिको संयोजनमा ‘सदस्यसँग निरन्तर किसान साकोस’ कार्यक्रम अन्तर्गत ४० वटा विस्तारित भेला सम्पन्न गरेको जनाएको छ । संस्थामा ८४ हजार १ सय ४७ जना सदस्य रहेका छन् ।

विस्तारित भेलामार्फत वित्तीय साक्षरता, सहकारी शिक्षाका साथै संस्थाको वर्तमान वित्तीय अवस्था, सदस्य केन्द्रित कार्यक्रम योजना र सदस्यहरुका सुझाव संकलन गरेको छ ।

कार्यक्रममा सहकारी प्रतिको दृष्टीकोणमा किसान सहकारीको विश्लेषणात्मक जानाकारी एवं छलफल समेत गरिएको संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिए ।

सदस्यहरुबाट सदस्य सामिप्यताका थप कार्यक्रम गर्नुपर्ने, सिपमुलक तालिमको आयोजना गर्नुपर्ने, थप सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, नेतृत्व विकास कार्यक्रम, टोल टोलमा सदस्य शिक्षा कार्यक्रम गर्नुपर्ने, सामाजिक उत्तरदायित्वका थप कार्यक्रम ल्याउनु पर्ने लगायतका सुझाव संकलन भएको अध्यक्ष चालिसेले बताए ।

कार्यक्रममा संस्थामा सदस्यको भूमिका विषयमा समेत जानकारी गराईएको थियो । चैत र बैशाख महिनामा संस्थाले सदस्य केन्द्रित ९० वटा कार्यक्रम गर्ने योजना बनाएको जनाइएको छ ।



Leave a comment