दक्षिण बाराही महिला सहकारीद्धारा सदस्यलाई तिर्थाटन

दक्षिण बाराही महिला सहकारीद्धारा सदस्यलाई तिर्थाटन :: Sahakari Akhabar

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन गराएको छ । संस्थाको चारवर्षे रणनीतिक योजना अनुसार शिक्षा उपसमितिको संयोजनमा चैत्र १ गते संस्थाको २५ औं स्थापना दिवसको अवसरमा सदस्यलाई तिर्थाटन गराएको हो ।

संस्थाले स्थापना कालका २४ जना सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति लगायत ६५ जना सदस्यहरूलाई सिन्धुपाल्चोकको भगवतीको मन्दिर दर्शन गराएको हो । साथै संस्थाले एक कार्यक्रम गरि सदस्यलाई संस्थाको गतिविधि जानकारी गराउनुका साथै २४ जनालाई कदरपत्र, दोसल्ला तथा राधाकृष्णको मुर्ति प्रदान गरि सम्मान गरेको छ ।



Leave a comment