काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाले १४औं स्थापना दिवस तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले मातातिर्थ बृद्धाश्रममा रहेका आमाहरुलाई भोजनदान समेत गरेका हो ।
सदस्यहरुको अटुट विश्वास एवं सहयोगसँगै आधुनिक प्रविधिको आत्मसाथ गर्दै आगामी बर्षहरुमा पनि सदस्यको माग र सन्तुष्टिलाई ध्यानमा राखेर दिगो, दरिलो र विश्वासिलो संस्थाको रुपमा स्थापित भएर सदस्यलाई प्रभावकारी सेवा प्रदान गर्दै जाने अध्यक्ष अमरदिप सिंहले प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष सिंहले २०८० बैशाख १० गते देखि संस्थाका दस्यहरुलाई होलडबडी चेक जाच कार्यक्रम गर्ने पनि जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका वडा नं १२ मा रहेको संंस्थाले आज बलम्बुको क्वाथ मैदानमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता तथा काठमाडौं जिल्ला सहकारी संघकी संचालक अमरावती महर्जन, राष्ट्रिय सहकारी बैंक बलम्बु शाखा प्रमुख कला थपलिया साथै अन्य संघ संस्थाका प्रतिनिधिहरु अतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

Leave a comment