मोरङमा यस बर्षको सहकारी दिवस विराट चौकमा मनाईने

मोरङमा यस बर्षको सहकारी दिवस विराट चौकमा मनाईने :: Sahakari Akhabar

विराटनगर । यस वर्षको सहकारी दिवस  सुन्दर हरैचाको विराट चौकमा मनाईने भएको छ ।  चैत्र २० गते जिल्ला भरका सबै सहकारी संघ÷ संस्था र सहकारीकर्मीहरुको सहभागितामा मनाइने निर्णय भएको जनाईएको छ । विराटनगरमा जिल्ला सहकारी संघ लि.मोरङ द्वारा आयोजित  विस्तारित बैठकले उक्त  निर्णय गरेको हो ।

यसका लागि जिल्ला सहकारी संघ लि. मोरङ का अध्यक्ष  डिल्ली पोखरेल को संयोजकत्वमा  सबै बिषयगत सहकारी संघका अध्यक्षहरु, जिल्ला सहकारी संघ र सबै बिषयगत संघका पदाधिकारीहरू तथा संचालकहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी तथा संचालकहरु, राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरु,  सुन्दरहरैचा स्थित सबै सहकारी संस्थाका अध्यक्ष र अन्य अग्रज सहकारीकर्मीहरु समेत समावेश भएको ५०१ मूल समारोह समिति गठन गरिएको छ ।

उक्त दिन जिल्ला भरिका सबै सहकारी संघ संस्था र सहकारीकर्मीहरुको उपस्थितिमा बिभिन्न झाँकी र्याली सहित भब्य कार्यक्रम गरिने जिल्ला बचत तथा ऋण सहकारी संघ लि मोरंगका अध्यक्ष प्रेम प्रकाश कोइरालाले जानकारी दिए ।

जिल्ला सहकारी संघ लि मोरंगका सचिब राकेश दाहालका अनुसार चाडै नै अर्को बैठक बसी थप समिति तथा उपसमितिहरुको गठन गरि कार्य बिभाजन गरिने छ । बैठकले उक्त दिन सहकारी सम्बन्धि कुनै पनि कार्यक्रम नराखी मूल समारोह समितिमा सहभागी हुन मोरंग जिल्ला स्थित सबै पालिकाका सहकारी शाखाहरू र सरोकारवाला संघ संस्था एवम  निकायहरुलाई अनुरोध गर्ने निर्णय  गरेको समेत जिल्ला कृषि सहकारी संघ लि मोरंग्की कोषाध्यक्ष जानुका  देवी भण्डारीले जानकारी दिईन ।



Leave a comment