काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसका लागि थिम (नारा) प्रस्ताव गर्न सार्वजनिक आहवान गरेको छ । विहिबार सामाजिक संजालमासूचना प्रकाशित गर्दै महासंघले प्रत्येक राष्ट्रिय सहकारी दिवसका अवसरमा वर्षभरिका लागि तय हुने सहकारी अभियानको यस वर्षको थिम छनौटका लागि तयारी भइरहेको हुदासुझाव पठाउन आग्रह गरेको हो।
उत्कृष्ट थिम प्रस्तावकर्तालाई छनौट भएको खण्डमा प्रोत्साहनको व्यवस्था गरिएको महासंघको सूचनामा उल्लेख छ । यसअघि गत वर्ष पनि महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको थिम पठाउनका लागि समेत सार्वजनिक सूचना नै जारी गरेको थियो ।
नगद पुरस्कारको व्यवस्था सहित थिम प्रस्ताव गर्न आग्रह गर्दै सूचना प्रकाशित गरेपनि अघिल्लो वर्षकै ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारालाई निरन्तरता दिएको थियो । २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समिति स्थापना भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । जसका लागि महासंघले हरेक वर्ष नारा तय गर्दै आएको छ ।
Leave a comment