सिवाइसी साकोसको सहकारी शिक्षा तालीम तथा समन्वय उपसमिति गठन 

सिवाइसी साकोसको सहकारी शिक्षा तालीम तथा समन्वय उपसमिति गठन  :: Sahakari Akhabar

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा वितिय साक्षरता  कार्यक्रम र गाउँ टोल समन्वय समिति गठन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कुष्मा नगरपालिका १ पाङ नुवारमा फागुन २१ गते आइबारका  दिन सहकारी शिक्षा तथा बित्तीय साक्षरता  कार्यक्रम सम्पन्न  गरेको हो।

कार्यक्रममा बगैचा सदस्य सेवा केन्द्र संयोजक यदुनाथ शर्माले संस्थाको तर्फबाट स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सस्थाको बारेमा, सस्थाको गतिविधि, शेयर सदस्य बन्ने प्रक्रिया, सस्थाद्वारा प्रदान गरिने सेवा सुबिधा, संस्थाको आगामी लक्ष्य तथा लघु उद्यम कार्यक्रमको बारेमा अध्यक्ष्य चण्डीप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

उनले सस्थाको डिजिटल सेवा अन्तर्गत मोबाईल बैंकिङ, एटिएम, क्यु आर कोड, बित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण गरेका थिए । बगैँचा सदस्य सेवा केन्द्रको परामर्श दाता प्रेमप्रसाद शर्मा तथा शेयर सदस्य होमनाथ सुवेदी (बिष्णु ) ले मन्तव्य व्यक्त गरेका थिए ।

सस्थाको सेवालाई बिकेन्दित रूपमा संचालनकालागि ४ वटा गाउँ टोल समन्वय उपसमिति गठन गरिएको थियोे । प्रशिक्षण कार्यक्रम पश्चात  २५ जना नयाँ सदस्यलाई सिवाइसी साकोस बगैचा सदस्य सेवा केन्द्रमा स्वागत गरियको थियोे ।

१.पार्वती गाउँ टोल समन्वय समिति
संयोजकः यम प्रसाद रिजाल
२ सुवेदी थर गाउँ टोल समन्वय समिति
संयोजक : होमनाथ सुवेदी
३.नरेश्वर गाँउ टोल समन्वय समिति 
संयोजक : पूर्ण बहादुर परियार
४.लक्ष्मी गाउँ टोल समन्वय समिति 
 संयोजक : बसन्ती पौडेल



Leave a comment