ईश्वर साकोसको स्थापना दिवसमा विविध कार्यक्रम 

ईश्वर साकोसको स्थापना दिवसमा विविध कार्यक्रम  :: Sahakari Akhabar

विराटनगर । विराटनगर महानगरपालिका ८ हाटखोलमा रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १० ओैं वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले शुक्रबार अर्थात फागुन १९ गते बिहान ७ः३० बजे बिराटनगर वार्ड नं. ८ स्थित बद्री नारायण मार्गको संगम चौकदेखि हाटखोला गीता मन्दिर हुदै मोरङ कारागारसम्मको सडक सरसफाई गर्नुका साथै सडकमा ट्याक्टरबाट पानी प्रयोग गरी धुलो नियन्त्रणको कार्य सम्पन्न गरेको थियो ।

साथै सोही दिन २ बजे संस्थाको कार्यक्षेत्र चार स्थानीय तह बिराटनगर महानगर पालिका , कटहरी गाउँपालिका, ग्रामथान गाँउपालिका  र जहदा गाँउपालिका माध्यमिक  तहका विद्यार्थीहरुलाई सहकारीका सम्बन्धमा अनुसन्धान तथा खोज क्षमताको विकास गराउने उदेश्उले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।

वक्तृत्वकलाको शिर्षक ५९ ओैं राष्ट्रिय सहकारी दिवसको राष्ट्रिय नारा “आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’’ राखिएको थियो ।

प्रतियोगितामा  श्री सरस्वती नमुना मा.वि. ग्रामथान–२ , श्री मिल्स मा.वि. बिराटनगर –१६ , आदर्श माध्यमिक विद्यालय बिराटनगर –७ , श्री सत्यनारायण माध्यमिक विद्यालय बिराटनगर –७, ध्रुवतारा सेकेन्डरी इङलिस  बोर्डिङ स्कुल कटहरी–२, श्री पोखरिया माध्यमिक विद्यालय बिराटनगर –३ र नमुना विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुल बिराटनगर –८ ले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा श्री सत्यनारायण माध्यमिक विद्यालय बिराटनगर –७  को कक्षा १२ की छात्रा स्वेच्छा सिटौलाले प्रथम, आदर्श माध्यमिक विद्यालय बिराटनगर –७ को कक्षा ९ की छात्रा मुस्कान पन्त द्धितिय, श्री सरस्वती नमुना माध्यमिक विद्यालय  ग्रामथान –२ को कक्षा ९ का छात्र समिर साहले तृतिय  र नमुना विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुल बिराटनगर –८ को कक्षा ८ की छात्रा मानसी मण्डलले सान्त्वना भएका थिए ।

प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेहरुलाई क्रमशः ३१००,२१००,११०० र ५०० नगद सहित प्रशंसापत्र प्रदान गरिएको सहकारीका व्यवस्थापक बल बहादुर घिमिरेले जानकारी दिए ।

वक्तृत्वकला प्रतियोगितामा बिराटनगर –१६ को श्री मिल्स माध्यमिक विद्यालयबाट कक्षा ९ का छात्र उमेश नुनिया , कटहरी –२ को ध्रुवतारा सेकेन्डरी इङलिस बोर्डिङ स्कुलबाट कक्षा ९ की छात्रा युनिषा बराल र बिराटनगर –३ को  पोखरिया माध्यमिक विद्यालयबाट कक्षा १२ की छात्रा रोनिस्मा पोख्रेलले भाग लिएका थिए ।

साथै सहकारी संस्थाले शनिबारे रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै  कोशी अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा वरिष्ठ फिजिसियन  डाक्टर रोशन खड्का , गाइनोलोजी डाक्टर सुवेश कुमार साह र दिव्य ज्योति आँखा अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा वरिष्ठ नेत्र रोग विशेषज्ञ राम सेवक साहको स्वास्थ्य टोलीद्वारा निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

उक्त  शिविरमा सदस्य तथा वडावासीहरुले उल्लेख्य मात्रामा निःशुल्क स्वास्थ्य परिक्षण गराएका संस्थाका व्यवस्थापक घिमिरेले जानकारी दिए । ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश सहकारी रजिस्ट्रार  तथा सहकारी प्रशिक्षण कार्यालय प्रदेश नम्बर १ सुनसरीको नियमनमा रहेको समुदाय केन्द्रित बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था रहेको हो ।



Leave a comment