जिल्ला संघको आयोजनामा दुई दिने कोपोमिस तालिम सम्पन्न

जिल्ला संघको आयोजनामा दुई दिने कोपोमिस तालिम सम्पन्न :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी संघ मोरङको आयोजनामा भएको दुई दिने कोपोमिस तालिम बिहिवार विराटनगरमा सम्पन्न भएको छ ।

तालिममा विराटनगर आसपासका १४ वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापक गरी १५ जनाको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै सहभागि सरोज प्रसाद साहले सूचना प्रणालीको युग भएता पनि आफूहरु प्रविधिमा पछि परेको बताउँदै तालिम निकै फलदायी भएको बताए । युजर नेम र पासवट लिएपनि विवरण भर्न समस्या भईरहेको अवस्थामा तालिमबाट धेरै कुरा जान्ने अवसर पाएको उनले उल्ले गरे ।

त्यसैगरी अर्की सहभागि जुनु पोखरेलले विराटनगर महानगरपालिका लगायत अन्य निकायले पनि मासिक रिपोर्ट बुझाउन ताकेता गरेपनि आफूहरुले लिखित रुपमा बुझाउँदै आएको बताउँदै तालिम लिएपश्चात अब सूचना प्रणाली (कोपोमिस) मा सदस्यको विवरण तथा आर्थिक विवरण अपडेट गर्न सजिलो हुने बताईन ।

तालिम तथा शिक्षा उपसमितिका संयोजक ई.कमलेश्वर ठाकुरको अध्यक्षता तथा संघका अध्यक्षडिल्ली पोखरेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै पोखरेलले तालिम व्यवहारिक बन्नुपर्नेमा जोड दिए । सहकारीको डाटा अपडेट गर्नको लागि अर्को भाडाको मान्छे लगाउन नपरोस भन्ने उदेश्यले संघले पार्ट पार्टमा कोपोमिस तालिमको आयोजना गरिरहेको उनले बताए ।

पोखरेलले तालिममा सहभागिहरुले आफ्नो संस्थाका कम्तिमा ५ जनालाई कोपोमिसको बारेमा सिकाउनुपर्ने बताए । एउटा कर्मचारी नहुँदा अर्को व्यक्तिले त्यो काम गर्न सकोस् भन्ने उदेश्यले संघले यो अभियान थालेको उनले बताए । संघले तालिम दिएका व्यक्तिको संस्थाहरुमा पछि अनुगमन पनि गर्ने पोखरेलले उल्लेख गरे ।

सहकारीको आर्थिक अवस्था मजवुद राख्नको लागि पनि कम्तिमा ५ जनाले कोपोमिसको बारेमा जानकारी राख्नुपर्ने उनको भनाई थियो । सहकारी क्षेत्रमा युवाहरुको आकर्षण कम भईरहेको बेला सहकारी शिक्षा युवाहरुमाझ पुर्याउनको लागि सहकारी अभियान लागिरहेको पोखरेलले बताए ।

‘शिक्षा क्षेत्रमा सहकारीलाई कसरी ल्याउने र त्यसलाई युवामाझ कसरी लोकप्रिय बनाउने भन्ने विषयमा हामी लागिरहेका छौ’, उनले भने, ‘अहिले विभिन्न तहमा सहकारीको बारेमा पढाई हुन थालेको छ, यो सकारात्मक हो’ । बुधबार र बिहिबार दुई दिन भएको तालिमको सहजीकरण संघका सचिव राकेश दाहालले गरेका थिए ।

संघले आगामि दिनमा पनि विभिन्न खाले तालिमहरु आयोजना गर्ने जनाएको छ । कोपोमिस सम्वन्धि तालिमहरु पनि आवश्यक परेको खण्डमा प्रदान गर्ने उल्लेख गरेको छ ।



Leave a comment