एघार वर्षदेखि निष्क्रिय बचत संघ सिन्धुपाल्चोकमा नयाँ समिति चयन

एघार वर्षदेखि निष्क्रिय बचत संघ सिन्धुपाल्चोकमा नयाँ समिति चयन :: Sahakari Akhabar

काठमाडौं । एघार वर्षदेखि निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुपाल्चोकमा बार्षिक साधारण सभा गरि नयाँ समिति चयन गरीएको छ । बागमती प्रोस्कूनले जिल्लाको चौतारामा फागुन १३ गते शनिवार वार्षिक  साधारण सभा गराई नयाँ संचालक समिति तथा लेखा समिति चगन गरेको छ ।

संघको लामो समयसम्म साधारण सभा नभएपछि बागमती प्रोस्कूनलाई जिल्लाको साधारण सभा गर्ने जिम्मेवारी दिएको थियो । बागमती प्रदेश भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १० गते सिन्धुपाल्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको साधारण सभा बोलाई सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्नकालागि बागमती प्रोस्कूनलाई निर्देशन दिएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष देवी दुलालको अध्यक्षता बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा बागमती प्रदेश सहकारी संघका सचिव देवराज न्यौपाने, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, महासचिव जिवसराज खड्का, सचिव गोविन्द प्रसाद काफ्ले, सञ्चालक सदस्य ठाकूरप्रसाद बाँस्कोटा, सञ्चालक सदस्य कृष्णप्रसाद सुवेदी, प्रमुखकार्यकारी अधिकृत केशवप्रसाद दाहालको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष कृष्णभक्त नेपाल उपाध्यक्ष चक्रबहादुर बस्नेत लगायतका जिल्लाका सहकारी अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

नौ सदस्यीय सञ्चालक समिति

सभाले अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष चित्रकुमार (सि.के ) चौलागाई, सचिवमा सुरेन्द्र तिवारी, कोषाध्यक्षमा रामहरी खड्कालाई चयन गरेको छ । त्यसैगरी सञ्चालक सदस्यहरुमा बुद्धि आचार्य, सूर्य पौडेल, सावित्री घिमिरे, अर्जुन लोप्चन र रविन वि.क निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ज्ञानेन्द्र श्रेष्ठ तथा सदस्यहरुमा उद्धव कार्की र लक्ष्मी कोइराला निर्वाचित भएका छन् । निर्वाचित सञ्चालक समितिलाई बागमती प्रोस्कूनले एक दिवसिय क्षमता अभिवृद्धि अभिमुखिकरण कार्यक्रम गराई कार्यालय स्थापना गर्ने जनाएको छ ।



Leave a comment