श्री कल्याणकारी सहकारीको एकदिने सहकारी शिक्षा तालिम सम्पन्न

श्री कल्याणकारी सहकारीको एकदिने सहकारी शिक्षा तालिम सम्पन्न :: Sahakari Akhabar

काभ्रे । श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था चौंरी देउराली गाउपालिकामा एकदिने सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मण गौतमको अध्यक्षता चौंरी देउराली गापा वडा नं ३ का वडा अध्यक्षको प्रमुख आतित्थ्यता तथा संस्थाका निवर्तमान अध्यक्ष चित्र प्रसाद चौलागाईको आतित्थ्यतामा सम्पन्न भएको हो ।

तालिम पप्रशिक्षक बिवेकराज ठकुरीले सहकारीका बारेमा जानकारी दिनुका साथै सदस्य तथा संचालकको जिम्मेवारीका बारेमा प्रशिक्षण गरेका थिए ।

त्यसैगरी बचत तथा ऋण र बहुउद्धेश्यीय सहकारी संस्थाको कामका बारेमा जानकारी गराएका थिए । उनले सहकारी संस्थामा देखिएको समस्या र राज्यले अङ्गीकार गर्दै आएको नीतिले सहकारी संस्थालाई पर्न सक्ने प्रभाव समेतको जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष लक्ष्मण गौतमले संस्थाको ७ वर्ष देखिको आर्थिक परिसूचक, यस वर्ष गरिरहेको मुख्य कार्यहरु, आगामी दिनको प्रमुख योजना प्रस्तुत गरेका थिए ।

संस्थाले कार्यक्षेत्र भित्रका कृषकहरुलाई समयमै रासायनिक मल वितरण, कृषि यान्त्रीकरणको लागि ट्रयाक्टर लगाएत किटनाशक आषधिको ब्यबस्थापन गरिरहेको जानकारी दिए ।

त्यसैगरी कृषि उब्जनीलाइ सहर बजारसम्म पुर्याउन र बिक्रि वितरण गर्नको लागि कालिमाटी तरकारी तथा फलफूल बजारमा बिक्रि केन्द्र राख्नको लागि स्टलको प्रस्ताव पेश गरेको जानकारी दिए ।

प्रमुख अतिथि चौलागाईंले संस्थालाई आवश्यक र वडा कार्यालयले गर्न सक्ने सबै कार्यमा सहयोग गर्ने बताए । संस्थाकी ब्यबस्थापक रुपा दाहालले आगामी दिनमा पनि शिक्षा, समुदाय लक्षित कार्यक्रमहरु गर्दै जाने बताइन् ।

उनले संस्थाले सहकारी शिक्षा र समुदाय प्रति चासो सम्बन्धि सिद्दान्तलाई आत्मसाथ गर्दै  सस्थाका सदस्य तथा गैह्र सदस्यलाइ समेत समेटेर कार्यक्रम गर्ने जनाइन् ।



Leave a comment