काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । फागुन ११ गते भर्चुअल रुपमा सम्पन्न भएको समिक्षामा सदस्य संघहरुको विवरण लिन महासंघलाई नै गाह्रो हुने गरेकोमा सदस्यको ध्यानाकर्षण गराइएको छ ।
सदस्यहरुको विवरण अध्यावधिक गर्ने विषयमा व्यवस्थापनलाई संचालक समितिले समेत सहयोग गर्ने निस्कर्ष निस्केको छ । महासंघमा ३०४ सदस्य संघहरु रहेका छन् ।
महासंघले विगतका बर्षदेखि निस्कृय संघहरुको सदस्यता खारेज गर्दै आएको छ । सदस्य संघ संस्थाहरुलाई बलियो बनाए मात्र अभियान बलियो हुने भएकार्ले नियमित रुपमा महासंघमा विवरण बुझाउन समितिले निर्देशन दिएको छ ।
महासंघका अध्यक्ष मिनराज कडेलको अध्यक्षतामा भएको समिक्षा बैठकमा विभागीय प्रमुख तथा अधिकृतहरुले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेललगायतले सुझाव दिएका थिए ।
सदस्य संघहरुको विवरण महासंघमा अनिवार्य बुझाउनका लागि सबै संघहरुलाई आग्रह गर्दै संघहरुलाई सक्रिय बनाउनका लागि संचालक समितिले समेत पहल गर्ने निस्कर्ष निकालिएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।
साथै बार्षिक सदस्यता शुल्क समेत सदस्य संघहरुबाट समयमा नै बुझाउनका लागि आग्रह गरिएको छ । कार्यक्रममा सहकारीमा देखिएका चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।
Leave a comment