बचत संघ बागलुङको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बचत संघ बागलुङको अन्तरक्रिया कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी संस्थाहरुविच समसामयिक विषयमा अन्तक्रिर्या गोष्ठि गरेको छ । गोष्ठिमा १८ भन्दा बढि सहकारीको ४५ जना अध्यक्ष, सचिव र व्यवस्थापकको उपस्थिति रहेको थियो । संघले नेफ्स्कूनको सहयोगमा ढोरपाटन न.पा, तमानखोला गा.पा. र निसिखोला गा.पा.का सहकारीबाट सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडिगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापा अधिकारीले सहकारी शिक्षाको महत्व र स्थानिय तहले सहकारी क्षेत्रमा गर्नुपर्ने कार्यकासाथै स्थानीय पाठयक्रममा सहकारी शिक्षा समेटिनु पर्ने विचार राखिन । कार्यक्रम नेफ्स्कुनको फिल्ड इन्चार्ज यमकला पौडेलले सहजिकरण गरेकी थिइन् ।

पछिल्लो समयमा सहकारीमा देखिएका समस्या र तिनको समाधानमा केन्द्रिय बचत तथा ऋण सहकारी संघले  गर्न सक्ने प्राविधिक तथा नितिगत सहयोग साथै सहकारीकर्मीले गर्नुपर्ने कार्यहरुको विषयमा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहजीकरण गरेका थिए । र्नुभएको थियो । कार्यक्रम संघको सहसचिव विर बहादुर किसानले स्वागत तथा संचालक सदस्य  उत्तम महतले संचालन गरेका थिए । 
 



Leave a comment