जिल्ला सहकारी संघ पर्वतको विशेष साधारण सभाबाट नयाँ समिति चयन

जिल्ला सहकारी संघ पर्वतको विशेष साधारण सभाबाट नयाँ समिति चयन :: Sahakari Akhabar

पर्वत। जिल्ला सहकारी संघ लिमिटेड पर्वतको अध्यक्षमा पर्वतका अगुवा सहकारीकर्मी शेषराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

संघको मंगलवार सम्पन्न विशेष सधारणसभाले रेग्मीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा लाल बहादुर अधिकारी, सचिवमा ऋषिराम भुषाल र कोषाध्यक्षमा देवी क्षेत्री लामिछाने निर्वाचित भएका छन् ।

सञ्चालक समितिका सदस्यहरुमा तारानाथ पाध्या, यज्ञप्रसाद शर्मा र गणेश बहादुर पुन मगर रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा घनश्याम उपाध्याय तथा सदस्यहरुमा राजेन्द्र खड्का र धन बहादुर कुँवर चयन भएका छन् ।

लामो समयदेखि निष्क्रिय रहेको जिल्ला सहकारी संघ पर्वतको विशेष साधारणसभाबाट निर्वाचित सञ्चालक समितिले जिल्लाको सहकारी अभियानलाई एकतावद्ध बनाएर अगाडि बढाउने प्रतिवद्धता गरेका छन् ।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका संस्थापक अध्यक्ष गोविन्द पहाडी, कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले शुभकामना दिएका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ पर्वतका प्रतिनिधि तथा राष्ट्रिय सहकारी महासंघ गण्डकी प्रदेश समन्वय उपसमितिका सदस्य देवी क्षेत्री लामिछानेको अध्यक्षता, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज शर्माको स्वागत र सचिव ऋषिराम भुषालको सञ्चालन गरेका थिए ।



Leave a comment