चमेली कल्याणकारी बचतमा १८.१६ प्रतिशत तरलता

चमेली कल्याणकारी बचतमा १८.१६ प्रतिशत तरलता :: Sahakari Akhabar

भक्तपुर । बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा १८.१६ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय बिवरण अनुसार माघ मसान्तमा १३ करोड ३ लाख ३२ हजार ८२३ रुपैयाँ तरलता रहेको जनाएको छ ।

संस्थामा ५९ करोड ४३ लाख १० हजार ४७८ रुपैयाँ बचत संकलन गरेको संस्थाले ५८ करोड ७१ लाख ४४ हजार ३८१  रुपैयाँ ऋण प्रवाह गरेको छ । ५ करोड ६८ लाख १ हजार शेयर पुँजी रहेको संस्थाको ५ करोड ७५ लाख ५४ हजार ४०५ रुपैयाँ जगेडा कोषमा रहेको छ ।

यस्तै ३ करोड ५३ लाख ७८ हजार ६५८ रुपैयाँ अन्य कोषमा रहेको छ । त्यसैगरी ५ करोड ९१ लाख ४८ हजार १८९ संस्थागत पुँजी रहेको संस्थामा ७७ करोड २८ लाख ७७ हजार ४४८ कुल सम्पति रहेको छ । ४ हजार ६३७ सदस्य रहेको संस्थाले १ हजार ८० जनालाई ऋण लगानी गरेको मासिक प्रतिवेदनमा उल्लेख छ ।



Leave a comment