बिन्धवासिनी बचतमा २० प्रतिशत तरलता 

बिन्धवासिनी बचतमा २० प्रतिशत तरलता  :: Sahakari Akhabar

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा माघ महिनामा तरलता २०.८५ प्रतिशत रहेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ६३ करोड ४५ लाख २७ हजार २८६ रुपैयाँ तरलता रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाको माघ महिनाको शेयरपुँजी ४६ करोड ७२ लाख ७३ हजार ३०० रुपैयाँ, साधारण कोषमा ३० करोड ९१ लाख १५ हजार ३६१ रुपैयाँ र विभिन्न कोषमा १३ करोड ९९ लाख ५९ हजार ८४२ रुपैयाँ रहेको छ ।त्यस्तै कुल बचत ३ अर्ब ४ करोड २९ लाख ५८ हजार ६४० रुपैयाँ र ३ अर्ब ४९ करोड ९३ लाख ९३ हजार ६०६ रुपैयाँ लगानी रहेको छ ।

संस्थाको कुल सम्पत्ती  ४ अर्ब ४२ करोड ९ लाख ५० हजार ४७२ रुपैयाँ रहेको जनाइएको छ । संस्थागत पुँजी ३१ करोड ५७ लाख ६६ हजार ७६२ रुपैयाँ रहेको संस्थाको ४८ हजार २ सय ६० जना सदस्यमध्ये ११ हजार ८ सय ७७ जनालाई ऋण लगानी गरेको उल्लेख छ ।


 



Leave a comment