पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा तरलता २४.८० प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो बिबरण अनुसार रकम ४१ करोड ६१ लाख २१ हजार ५४३ रुपैयाँ तरलता रहेको जनाइएको छ ।
संस्थाले प्रकाशित गरेको माघ महिनाको वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी २१ करोड ६ लाख, ४ हजार ९०० रुपैयाँ, जगेडा कोषमा १५ करोड ७३ लाख, २५ हजार ४४८ रुपैयाँ तथा विभिन्न कोषहरुमा ११ करोड ९८ लाख १४ हजार २२९ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुल संस्थागत पुँजी १५ करोड ८८ लाख ३४ हजार ६०१ रुपैयाँ, बचत संकलन १ अर्ब ६७ करोड ७७ लाख, ५० हजार ९३२ रुपैयाँ र ऋण लगानी १ अर्ब ७८ करोड ८५ लाख ५२ हजार ७५८ रुपैयाँ साथै कुल सम्पत्ती २ अर्ब २८ करोड ३२ लाख ४१ हजार ५२२ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यस्तै ८ हजार ७ सय ७७ जना संस्थाको सदस्य मध्ये १ हजार ५०९ जनालाई ऋण लगानी गरेको छ ।

Leave a comment