काठमाडौं । कान्तिपथमा मुख्य कार्यालय रहेको आईएमई कोअपरेटिभमा २१.९२ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार माघ महिनामा संस्थासंग १ अर्ब ७६ करोड रुपैयाँ रलता रहेको जनाइएको छ ।
संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत विवरण अनुसार संस्थाको सेयर पुँजी ४२ करोड २० लाख, जगेडा कोष २९ करोड २१ लाख र अन्य कोषमा ९ करोड २८ लाख रुपैयाँ रहेको छ । पछिल्लो विवरण अनुसार कुल बचत ८ अर्ब ४ करोड रुपैयाँ, लगानी ७ अर्ब २२ करोड, संस्थागत पुँजी ७८ करोड ५९ लाख र कुल सम्पत्ती ९ अर्ब ६८ करोड रहेको छ । ७ हजार ८ सय ५९ जना सदस्य रहेको संस्थाले १ हजार ६४ जनालाई ऋण लगानी गरेको उल्लेख छ ।

Leave a comment