दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । साथै संस्थाले कर्मचारीहरुलाई दुई दिवसिय सशक्तिकरण तालीम प्रदान पनि गरेको छ ।
संस्थाले बनाएको चारबर्षिय रणनीतिक योजना आर्थिक वर्ष २०७९ / ०८० देखी २०८२ / ०८३० लाई फाएभ बाई सेभेन डाईमन्सनको आधारमा तयार पारेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले जानकारी दिए।
यस भित्र बित्तिय स्वस्थ्यता एवं बृद्धि, गुणस्तरीय सेवा एवं सदस्य सन्तुष्टि, कुसल तथा स्तरीय कार्य सञ्चालन, नविन अभ्यास र सिकाई तथा डिजिटल बित्तिय सेवा रहेको उनले बताए । चारबर्षिय रणनीतिक योजनाको पहिलो बर्ष आर्थिक वर्ष २०७९ / ०८० को लागि तयार पारीएको योजना बमोजिम भएको कार्यप्रगतिको बारेमा संस्थाको मानव संशाधन बाट समिक्षा गरीएको उनको भनाई छ ।
पहिलो आर्थिक वर्षको अर्धबार्षिक अवधिमा योजना बमोजिम अधिकांस सुचकांकहरुमा सफलता प्राप्त गरेको जनाए । संस्थामा हाल २४ हजार ६१९ शेयर सदस्य तथा ९ हजार २५३ बाल बचतकर्ता रहेको र कुल वासलात १ अर्ब २८ करोड रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।
तालीममा सञ्चालक र कर्मचारीको भूमिका तथा सहसम्बन्ध बिषयमा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ, सम्पत्ति शुद्धिकरण निवारण, प्रभावकारी सुचना प्रवाह सुशासनयुक्त प्रशासन बिषयमा संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटा, सुरक्षित ऋण लगानि र प्रभावकारी ऋण असुली बिषयमा संस्थाका ऋण अधिकृत चिरन्जीवी सापकोटाले र ऋण असुली अधिकृत राजन श्रेष्ठले सहजीकरण गरेका ।
त्यसैगरी सूचना प्रविधि आन्तरीक लेखापरीक्षण र सेवाकेन्द्र ब्यवस्थापन बिषयमा सूचना प्रविधि अधिकृत भीमसेन दाहाल, बचत ब्यवस्थापन बिषयमा बचत अधिकृत भोजराज खतिवडा, लेखा बिधि र पद्धति बिषयमा लेखा शाखा प्रमुख ईन्दीरा दाहालले सहजीकरण गरेका थिए ।
त्यसैगरी प्रभावकारी टेलर ब्यवस्थापन बिषयमा टेलर प्रमुख सरिता शर्मा, मोवाईल बैंकीङ्ग, क्युआर कोड र एटीएम ब्यवस्थापन सम्बन्धमा मोवाईल बैंकीङ्ग तथा क्युआर कोड बिभाग प्रमुख लक्ष्मी खतिवडा, बिप्रेषण कारोवार ब्यवस्थापन सम्बन्धमा बिप्रेषण बिभाग प्रमुख रजिना चौलागाईले सहजीकरण गरेका थिए । संस्थाको प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेबाट एचआर सशक्तिकरण बिषयमा सहजीकरण भएको गरिएको थियो ।
Leave a comment