काठमाडौं । रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा २३.४१ प्रतिशत तरलता अनुपात रहेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय प्रतिवेदन अनुसार माघ मसान्तमा २ अर्ब ४६ करोड ५२ लाख बचत संकलन गरेको संस्थाले २ अर्व ४८ करोड ५९ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।
३० करोड ३४ लाख शेयर पुँजी रहेको संस्थाको २४ करोड ९ लाख जगेडा कोषमा रहेको छ । यस्तै ४ करोड ९३ लाख कर्जा जोखिम कोषमा रहेको संस्थाले जनाएको छ । ३८ हजार ९७० जना सदस्य रहेको संस्थाले १० हजार ८८ जनालाई ऋण लगानी गरेको मासिक प्रतिवेदनमा उल्लेख छ ।

Leave a comment