काठमाडौं । झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारीमा बचत बृद्धिसँगै तरलता अनुपातमा सुधार देखिएकोछ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार पुससम्ममा १० अर्ब ५३ करोड रुपैयाँ बचत संकलन गरेकोमा माघसम्ममा १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
निक्षेप बृद्धि भएपछि संस्थाको तरलता अनुपातमा सुधार आएको छ । पुसमा १९.७१ प्रतिशत तरलता रहेकोमा माघ अन्तिममा २०.२९ प्रतिशत पुगेको छ । यसैगरी पुसको तुलनामा संस्थाको ऋण लगानी भने घटाएको छ । पुससम्ममा १२ अर्ब ३२ करोड लगानी रहेकोमा माघमा घटेर १२ अर्ब २३ करोड रुपैयाँमा झरेको छ ।
माघ मसान्तमा १ अर्ब ६३ करोड रुपैयाँ शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । १ लाख ६० हजार शेयर सदस्य रहेकोमा ८३ हजारलाई ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।

Leave a comment