विन्धवासिनी साकोसको स्थापना दिवसमा बहुउद्देश्यीय भवन उद्धघाटन

विन्धवासिनी साकोसको स्थापना दिवसमा बहुउद्देश्यीय भवन उद्धघाटन :: Sahakari Akhabar

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ३० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर  संस्थाको नवनिर्मित बहुउद्देश्यीय भवनको  समेत उद्घाटन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुमार राईले संस्थाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

झन्डै १० करोड लागतमा निमार्ण गरिएको उक्त भवनबाट सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवा प्रदान गर्ने लक्ष्य संस्थाको छ । ६० टन क्षमताको काल्डस्टोरेज सहित संस्थाले २ वटा भवन निमार्ण गरेको हो । पहिलो भवनको पहलो तल्लामा सदस्यहरुका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन मिनी मार्ट सञ्चालन गर्ने योजना संस्थाको छ ।

दोस्रो तलामा बनेपा सेवा कार्यालय र बाँकी २ तलामा कर्पोरेट कार्यालयका साथै अन्तिम तल्लामा  आवासीय तालिम कक्ष सञ्चा गर्ने जनाइएको छ । दोस्रो भवनमा सदस्यले उत्पादन गरेको कृषि उपज संकलन, ग्रेडिङ तथा प्याकेजिङका साथै बिक्री गर्ने जनाएको छ । माथिल्लो तलामा रेष्टुरेण्ट सञ्चालन गर्ने भएको छ ।

संस्थाको स्थापना दिवसका अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान तथा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे, राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेत, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौडेल, प्रोस्कूनका  अध्यक्ष उद्दव सापकोटा लगायत विभिन्न संंघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

२०५० सालमा ६२ हजार पुँजीबाट संस्था सुरु भएको संस्थामा संस्थामा ४८ हजार सदस्य र ९ हजार बाल सदस्य आवद्ध रहेको जनाइएको छ । संस्थाको ४६ करोड ४२ लाख शेयर पुँजी, जगेडा तथा अन्य कोषमा ४६ करोड, बचत ३ अर्ब ६ करोड गरी कुल वासलत ४ अर्ब ४५ करोड पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले जानकारी दिए ।



Leave a comment