सहकारी विभाग अव बतासे तथ्यांकको भरमा हिड्दैन : उपरजिष्ट्रार उपाध्याय

सहकारी विभाग अव बतासे तथ्यांकको भरमा हिड्दैन : उपरजिष्ट्रार उपाध्याय :: Sahakari Akhabar

काठमाडौं । सहकारी विभागमा उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी विभाग सधैंभरी बतासे तथ्यांक लिएर काम नगर्ने बताएका छन्।

सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको सहकारी पत्राकारिता तालिममा प्रस्तुति राख्दै उनले विभाग अब पुरानै र बतासे तथ्यांक लिएर काम नगर्ने बताएका हुन् ।

‘अहिले सहकारीको संख्या र संस्थाको हरेक सूचकको विषयमा यकिन तथ्यांक कसैलाई थाहा छैन, अब हामी तथ्यांक बनाउँछौं, त्यसकालागि स्थानिय तहहरुसँग समन्वय गर्छौ,’ उनले भने ।

२०७५ मा संघीय सरकारले तयार पारेको सुचना प्रणाली (कोपोमिस)मा संघ संस्था आवद्ध हुनु पर्ने अनिवार्य गरेको बताउँदै उनले कोपोमिसमा आवद्ध हुन २९ हजारले पासवर्ड लिएको र १७ हजार संस्थाले एक  पटक लगइन गरेको जानकारी गराए ।

यस्तै, उनले सहकारी संस्थाहरुले वितरण गर्ने लाभांश टाठाबाठाले मात्रै पाउने बताए । उनले सेयर सदस्य भएपनि पहुँच नभएकाहरुले भने लाभांश नपाउने धारणा राखे ।

शनिबार सहकारीको सुशासन, नियमन र प्रवर्धनको विषयमा पस्तुति राख्दै उनले राजनीतिक मान्छेले नै सहकारी संस्था चलाउँदा समस्या आएको बताए । उनका अनुसार सहकारीमा स्वनियमनको विषय ल्याउँदा पनि नै समस्या आएको हो ।

उनले स्थानीय अर्थतन्त्रमा रहेको योगदान र यो क्षेत्रको गुणस्तरको विषयमा पनि समीक्षा गर्नु पर्ने,  तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको र सबैको बुझाइमा एकरुपता ल्याउनु पर्ने धारणा राखे ।

कार्यक्रम समापन कार्यक्रम नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले दुइदिने तालिम प्रभावकारी भएको धारणा राखे ।सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि यो तालिमले थप सशक्त भएर समाचार सम्प्रेषण गर्न सक्ने विश्वास व्यक्त गरे ।शुक्रबारदेखि सुरु भएको सहकारी पत्रकारिता तालिम शनिबार सकिएको छ । तालिममा पाँच जना प्रशिक्षकले प्रशिक्षण गराए ।
 



Leave a comment