बुटवल। प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनी ( लुम्बिनी प्रोस्कून ) ले “संकटमा तरलता ब्यवस्थापन, सञ्चालक तथा ब्यवस्थापन क्षमता अभिबृद्धि तालिम” सम्पन्न गरेको छ।
फागुन ३ गते सम्पन्न तालिम हालको आर्थिक मन्दिले समग्र क्षेत्रमा परेको प्रभावबाट सहकारी संस्थाहरुलाई बचाउन तालिम आयोजना गरिएको जनाइएको छ ।
सहकारी संस्थाहरुमा तरलताको संकटको अवस्था, यसका कारण र ब्यवस्थापनका बारेमा विभिन्न संस्थाका संञ्चालक र ब्यवस्थापन समूह गरि ७५ जनाको सहभागिता रहेको थियो ।
तालिममा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले प्रशिक्षण दिएका थिए ।
“तरलता संकट, कारण र समाधानका रणनीति” विषयमा बल्लभ तिमिल्सिनाले त्यसैगरी डा. शिवजी सापकोटाले “सहकारीको अवस्था र आगामी मार्गचित्र” विषयमा प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय सहकारी बैंकले प्राविधिक सहयोग भएको तालिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता, सञ्चालक ज्ञानु पौडेको स्वागत मन्तब्य र शिक्षा तालिम तथा अनुसन्धान उपसमितिका संयोजक भरत भूसालले सञ्चालन गरेका थिए ।
रणनैतिक योजना निर्माण गोष्ठि सम्पन्न
संघले फागुन १ र २ गते रणनैतिक योजना निर्माण गोष्ठि सम्पन्न गरेको छ । संघको ४ बर्षे रणनीतिक योजना तयार गर्न संघलाई राष्ट्रिय सहकारी बैंकले प्राविधिक सहयोग गरेको थियो ।
प्रदेश संघका सञ्चालक तथा लेखा समितिका पदाधिकारी सम्मिलित गोष्ठिमा राष्ट्रिय सहकारी बैंकका अधिकृत बल्लभ तिमिल्सिनाले सहजीकरण गरेका थिए । संघमा ६४ सदस्य रहेको संघमा ४ बर्षमा ३५० सदस्य, २ वटा सेवा केन्द्र सहित १५ करोडको वासलात तयार गर्ने योजना तयार गरेको छ ।
समृद्ध साकोस : दीगो लुम्बिनी प्रोस्कून ध्येय तय गरेको संघले सहकारी मैत्री पैरवि, सदस्य संस्थाको क्षमता अभिबृद्धि तथा सञ्जाल विस्तार लगायतका कार्यक्रम तय गरेको छ ।
Leave a comment